रोगबाट अलग्ग रहने औषधी अब लेखेर बताउँछु ।
अज्मोदा ,अश्वगन्ध ,जेठीमधु भो कालो जिरा भो अनी ।
फेरी सेतो जिरा अधुवा र पिपला कालो हलेदो पनि ।
लज्जावती असुरो गुर्जो टीमुर भो तितोपाती नीम अनि ।
घोडताप्रे तुलसी अपमार्ग मरीच बेल बेसार कुश पनि ।
कुटी धुलो पारौ चियाको बदला सबैले पिउने गरे ।
अहिले आएको रोगता नजिक नपरी भागेर जाने छरे ।
साच्चै हो यो कुरा पक्कै खसोखास दबाई हो नि।
दिनदिनै उठेर चियाको बदला म पनि खादै छु नि ।
खेर केहि नजाने नोक्सान नहुने जीवनलाई रक्षा दिने ।
इष्टमित्र दाजुभाइहरुले यो बानी हर्दम लिने ।
पुरानै हो यो औषधी सबै नयाँ पर्छ बेथा र घाऊ ।
आफ्नै घरघरमा आफैले औषधी बनाएर खाऊ ।
मैले लेखी दिने बाइस थरी जडिबुटी ओषधिका नाऊ ।
जसले जान्दछ यो औषधि सबै अरुलाई बताऊ ।
मुखमा माक्स लगाउनु दबाइ खानु नियम नछोड्नु अनि ।
नछुने भए झै अलग्ग रहनु घरकै जहानमा पनि ।
साथीभाइ पनि सबै एकैचोटी पर सरे झै गरे ।
कसैलाई नछुनु छिनछिनमा हात धुनु यो रोग सर्दैन अरे ।
योग गर्नु सधैँ Accupresser पनि ध्यानमा राख्नु पर्दछ ।
दिनदिनका योगले रोग जति सबै धपाउने काम गर्दछ ।
सुन्ना किलास पदेको छु ह्रस्व दीर्घ म जान्दिन ।
चौधै अञ्चल पुगोस् यो कुरा सत्तहत्तर जिल्ला सम्म ।
मकवानपुर ठेगाना हेटोडा नगर लामसुरे नौ घर छ्यो।
देशै सम्जिदिनु थर पनि मेरो नाम अनन्त प्र. रह्यो ।
कविता/कवि/स्वर/शब्द : अनन्त प्रसाद नेपाल
भिडियो : लक्ष्मण नेपाल
YouTube Video
3 Comments
Kati ramro poem......
ReplyDeleteधन्यवाद !
Deletewow
ReplyDelete