सामान्तया लागेको रुघाखोकी को अवस्थामा दहि खादाँ पनि पिनास लाग्न सक्छ। तर पहिला पहिला पिनास हुँदा दहिको ठेकी क्यामनाको रुखमा लगेर झुन्ड्याउथे । व्यामनाको रसले गर्दा पिनास भाग्थे अरे ! तर अहिले भने त्यसो नभएर केहि आयुर्वेदिक पद्धति भने चलिआएको छ ।पिनासका केही आयुर्वेदिक उपचार :
 १.) क्यामना को बोक्रा खुर्केर धुलो बनाएर स्वाक्क सुङ्ने दिनको तीन पटक थोरैमात्रामा । 
२.) अभिजालो उखलेर सफापारी माडी पातमा पोका पारेर तताउने । 
३.) अनि कपडामा पोका पारेर कपडा बाहिर बाट सुड्ने तातैमा । धुर्सुलको मुन्टा माडेर कपडामा पोको पारी दुखेको ठाउँ सम्म पुग्ने गरी होसियारी पूर्वक सङ्ने ।